कार दुर्घटनामा एक जनाको मृत्यु
मकालु खबर
२०८१ कार्तिक १४ गते
दाङ । राप्ती राजमार्गअन्तर्गत तुलसीपुरबाट अमेलियातर्फ जाँदै गरेको बा१६च ७६४३ नम्बरको कार लमही नगरपालिका–९ भञ्ज्याङको भिरबाट खस्दा गम्भीर घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका–६ का ४५ वर्षीय कर्णबहादुर थापाको आज लमही अस्पतालमा उपचारका लागि पु¥याएलगत्तै अस्पतालले मृत घोषणा गरेको अस्पतालका प्रशासन प्रमुख हरि खनालले जानकारी दिए ।
सोही दुर्घटनामा परी गम्भीर घाइते भएका तुलसीपुर उपमहानगरपालिका–७ झुमरे चोक निवासी ३३ वर्षीय पूर्णबहादुर खत्रीको भने उपचार भइरहेको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक अनिल ठकुरीका अनुसार दुर्घटना भएलगत्तै इलाका प्रहरी कार्यालय अमेलियाका प्रहरी निरीक्षक भवानीप्रसाद धमलासहितले घाइतेको उद्धार गरी अस्पताल पठाएको हो ।
मकालु खबर
२०८१ कार्तिक १४ गते
प्रतिक्रिया
सम्बन्धित