साफ महिला च्याम्पियनसिप

फाइनलमा बंगलादेशसंग हार्‍यो नेपाल

काठमाडौं । काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिप अन्तर्गत फाइनल खेलमा नेपाल बंगलादेशसंग पराजित भएको छ । बुधवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल खेलमा नेपाल बंगलादेशसंग २-१ गोल अन्तरले पराजित भएको हो ।

बंगलादेशका लागि ८२ औं मिनेटमा मोनिका चक्मा र ८१ औं मिनेटमा ऋतु पोर्ना चक्माले गोल गरिन् । यससंगै बंगलादेश साफ महिला च्याम्पियनसिपको विजेता बनेको छ ।

नेपालका लागि अनिशा कार्कीले खेलको ५६ औँ मिनेटमा एक गोल गरेपनि जितका लागि पर्याप्त भएन । नेपाल बराबरी गोल फर्काउन प्रयास गरिरहेपनि सफल हुन सकेन ।खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

घरेलु मैदानमा साफको उपाधि जित्ने नेपालको लक्ष्य पूरा हुन सकेन । यसअघि २०१९ मा विराटनगरमा भएको साफमा भारतसँग फाइनलमा हारेको नेपाल २०२२ मा काठमाडौंमै बंगलादेशसँग पराजित भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *