घरेलु मैदानमै ‘स्तब्ध’ भयो नेपाल,अधुरै रह्यो इतिहास रच्ने सपना
काठमाडौं । काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिप प्रतियोगिता अन्तर्गत बंगलादेशसंगको फाइनल खेलमा नेपाल पराजित भएको छ ।
बुधवार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको फाइनल खेलमा नेपाल बंगलादेशसंग २-१ गोल अन्तरले पराजित भएको हो । यससंगै इतिहास रच्ने नेपालको यसपटकको सपना पनि अधुरै रहेको छ ।
फाइनल खेलमा बंगलादेशका लागि ८२ औं मिनेटमा मोनिका चक्मा र ८१ औं मिनेटमा ऋतु पोर्ना चक्माले गोल गरे । नेपालका लागि अमिशा कार्कीले ५६ औं मिनेटमा गोल गरेपनि जितका लागि पर्याप्त भएन ।
५२ औं मिनेटमा मोनिका चक्माको गोलबाट बंगलादेशले पहिलो अग्रता लिएको थियो । खेलको पहिलो हाफ भने गोलरहित बराबरीमा सकिएको थियो ।
कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बासहित अन्य १० खेलाडीले भने निरन्तरता पाएका थिए । भारतसंगको सेमिफाइनल खेलमा रातो कार्ड पाएका कारण फरवार्ड रेखा पौडेल खेलमा सहभागि भइनन् । उनको स्थानमा सरु लिम्बु लाई खेलाइएको थियो । टिममा एन्जिलासहित पुजा राना, विमला विक, अमृता जैसी, रेनुका नगरकोटे, सावित्रा भण्डारी(साम्बा), गिता राना, प्रिती राई, सविता राना मगर र अमिशा कार्कीले खेलेका थिए ।
तर,खेलको दोस्रो हाफमा नेपाली टिममा दुई खेलाडीलाई परिवर्तन गरियो । पूजा रानाको स्थानमा समीक्षा घिमिरे र सरु लिम्बुको स्थानमा रश्मीकुमारी घिसिङ मैदान प्रवेश गरे । बंगलादेशसंगको हारपछि घरेलु मैदानमा साफ महिला च्याम्पियनसिपको उपाधि जितेर इतिहास रच्ने नेपालको लक्ष्य पुरा हुन सकेन ।
यसअघि २०१९ मा नेपालमै भएको साफ महिला च्याम्पियनसिपमा नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो । त्यस्तै २०२२ मा काठमाडौंमै बंगलादेशसँग नेपाल पराजित हुन पुगेको थियो ।
सम्बन्धीत समाचार
फाइनलमा बंगलादेशसंग हार्यो नेपाल
बंगलादेशसंगको फाइनल जित्दै इतिहास रच्ने दाउमा नेपाल,यस्तो छ प्लेइङ ‘एघार’
साफ महिला च्याम्पियनसिप : उपाधिका लागि बंगलादेशको सामना गर्दै नेपाल