देश बनाउने काम एक छिनमा हुने कुरो होइन : ओली
मकालु खबर
२०८१ कार्तिक १५ गते
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देश बनाउने काम एक छिनमा हुने कुरा नभएको बताएका छन् ।
काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले देश बनाउने काम एक छिनमा नहुने बताए ।
प्रधानमन्त्री ओलीले वर्तमान सरकारले मुलुकमा आर्थिक समृद्धि ल्याएरै छोड्ने बताए । प्रधानमन्त्री ओलीले सरकार देशको विकास र आर्थिक समृद्धिको दिशामा अगाडि बढिरहेको बताए ।
‘देशमा विकास भएको छ, राम्रा काम भएका छन्’, प्रधानमन्त्री ओलीले भने ‘देश बनाउने काम एक छिनमा हुने कुरो होइन । देश क्रमशः विकासको गतिमा अघि बढेको छ तर, विरोधीले विकास केही भएको छैन भनेर आलोचना मात्रै गरिरहेका छन् । त्यसैले सकारात्मक भएर सबै राष्ट्र निर्माणमा एकजुट हुनुपर्छ ।’
मकालु खबर
२०८१ कार्तिक १५ गते
प्रतिक्रिया
सम्बन्धित