युद्ध रणनीति जारी राख्ने हिजबुल्लाहका नयाँ नेताको घोषणा
मकालु खबर
२०८१ कार्तिक १६ गते
काठमाडौं । हिजबुल्लाहका नयाँ नेता शेख नइम कासिमले आफ्नो पूर्ववर्ती सय्यद हसन नसरल्लाहले गाजा मोर्चालाई समर्थन गरेर अपनाएको युद्ध रणनीति जारी राख्ने बताएका छन् ।
आफ्नो कार्यक्रम राजनीतिक, जिहादी, सामाजिक र सांस्कृतिक सबै क्षेत्रहरूमा सैयद हसन नसरल्लाहको कार्यक्रमको निरन्तरता रहेको बताए ।
कासिमले हिजबुल्लाहको नयाँ महासचिवको रूपमा आफ्नो नियुक्ति पछि आफ्नो पहिलो टेलिभिजन भाषणमा सो टिप्पणी गरे ।
कासिमले गाजा क्षेत्रमा इजरायलले निम्त्याएको खतराको सामना गर्न गाजालाई समर्थन गर्न आवश्यक रहेकोमा जोड दिए ।
मकालु खबर
२०८१ कार्तिक १६ गते
प्रतिक्रिया
सम्बन्धित