सडक सुरक्षाबारे सम्मेलनमा भाग लिन भौतिक पूर्वाधारमन्त्री रियाद प्रस्थान
मकालु खबर
२०८१ कार्तिक १६ गते
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल साउदी अरेबिया प्रस्थान गरेका छन् । सडक सुरक्षाबारे अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन उनी शुक्रबार साउदी अरेबियाको रियाद प्रस्थान गरेका हुन् ।
रियादमा २ देखि ४ नोभेम्बरसम्म सडक सुरक्षासम्बन्धी सम्मेलन आयोजना हुँदैछ ।मन्त्री दाहालसँगै पत्नी दिलमाया कार्की,सल्लाहकार हर्कराज राई र सूचना प्रविधि विज्ञ मनोज दाहाल पनि सहभागि छन् ।
सम्मेलनमा विभिन्न राष्ट्रका प्रतिनिधि एवं विज्ञले सडक सुरक्षासम्बन्धी कार्यपत्र पेश गरी छलफल हुने छ ।
मकालु खबर
२०८१ कार्तिक १६ गते
प्रतिक्रिया
सम्बन्धित