स्पेनको बाढीबाट मृत्यु हुनेको संख्या १५८ पुग्यो

एजेन्सी । स्पेनमा वर्षाका कारण आएको बाढीका कारण मृत्यु हुनेको संख्या कम्तीमा १५८ पुगेको छ । आगामी दिनहरूमा यो संख्या बढ्नसक्ने सम्भावना रहेको बताइएको छ ।

भ्यालेन्सियामा मात्रै बाढीबाट कम्तीमा १५५ जनाको मृत्यु भएको पुष्टि भएको छ । क्षेत्रीय आपत्कालीन सेवाहरूका अनुसार अन्डालुसिया र कास्टिल–ला मान्चामा थप तीन जनाको मृत्यु भएको छ ।

स्पेनी सेनाको आपत्कालीन प्रतिक्रिया इकाईका करिब एक हजार सदस्यहरू प्रभावित क्षेत्रमा खटाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *