मुख्यमन्त्री कार्कीद्वारा बहिनीहरुबाट टीका ग्रहण

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आइतबार शुभ साइतमा बहिनीहरुबाट भाइटीका लगाएका छन् ।

झापा गौरदह–३ स्थित निजी निवासमा बहिनी सुशीला कार्की र पार्वता थापाको हातबाट दाजु दिपक कार्कीसँगै उनले टीका लगाएको मुख्यमन्त्री कार्कीका प्रेस सल्लाहकार विक्रम लुँइटेलले जानकारी दिए ।

मुख्यमन्त्री कार्कीका पाँच जना दिदिबहिनी छन् । टीका लगाएसँगै उनले नेपालीहरुको मौलिक पर्वले एक आपसमा भावनात्मक एकता बढाउने बताए । उनले नेपालीहरुको संस्कृति, परम्परा र चाडपर्वको संरक्षण गर्नु सबैको दायित्व भएको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *