विश्वकप लिग-२ : जित्नैपर्ने दबाबकाबीच आज स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौं – आइसिसी विश्व कप क्रिकेट लिग-२ अन्तर्गत अमेरिकामा जारी त्रिकोणात्मक सिरिजमा आज नेपालले स्कटल्याण्डको सामना गर्दैछ ।

यो खेल सोमबार राति १० बजेर १५ मिनेटमा अमेरिकाको डालासस्थित ग्रान्ड पिएरे मैदान सुरु हुनेछ । सिरिज अन्तर्गतका चार खेलमध्ये नेपालले अमेरिकासँगका दुई खेल गुमाइसकेको छ । अमेरिकासँगको पहिलो खेल तीन विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा ३७ रनले पराजित हुनपुग्यो ।

सिरिज अन्तर्गतको अघिल्लो प्रतिस्पर्धामा स्कटल्याण्डमाथि भने नेपालले पाँच विकेटको शानदार जित निकालेको छ । अघिल्लो खेलमा विजयी भएको नेपाल उच्च मनोबलका साथ आज मैदानमा हुनेछ । लिग-२ मा अंक बनाउन नेपालमाथि आजको खेल जित्नैपर्ने दबाब छ ।

विश्वकप लिग-२ अन्तर्गत अमेरिका पहिलो स्थानमा छ । अमेरिकाले १२ खेल खेल्दा १६ अंक जोडेको छ । १० खेल खेलेको स्कटल्यान्ड १३ अंकसहित तेस्रो स्थानमा छ भने ११ खेल खेलेको नेपाल ५ अंकसहित सातौं स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *