काठमाडौं उपत्यकामा वर्षा

काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार सकिएसंगै काठमाडौंमा वर्षा भएको छ । सोमबार दिउँसो काठमाडौं उपत्यकामा वर्षा भएको हो । वर्षा भएपछि आवतजावतमा समस्या भएको छ ।

देशभर पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको पश्चिम बंगाल आसपास रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभावले वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

मौसम पूर्वानूमान महाशाखाले मंगलबारदेखी मौसममा क्रमिक सुधार आउने जनाएको  छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *