इण्डोनेसियामा ज्वालामुखी विस्फोट, १० जनाको मृत्यु

काठमाडौं । इण्डोनेसियाको पूर्वी नुसा टेङ्गारा प्रान्तमा माउण्ट लेवोतोबी विस्फोट हुँदा १० जनाको मृत्यु भएको राष्ट्रिय विपद् व्यवस्थापन निकाय बीएनपीबीका प्रवक्ता अब्दुल मुहारीले जानकारी दिएका छन् ।

दश जनाको मृत्यु भएको पुष्टि भएको र नौ जनाको शव निकालिएको बताए । एक जना भग्नावशेषमा फसेके मुहारीले बताए ।

ज्वालामुखी विष्फोटले ठूलो संख्यामा विस्थापन गरेको छ । जसमा सातवटा गाउँका १० हजार भन्दा बढी प्रभावित बासिन्दाहरू निकासी केन्द्रहरूमा पुगेका छन् ।

मुहारीले बासिन्दाहरूलाई क्रेटर वरपरको ७ किलोमिटरको खतरा क्षेत्रमा प्रवेश गर्न निषेध गरिएको उल्लेख गरे ।

आपतकालीन राहत प्रयासलाई सहज बनाउन स्थानीय सरकारले नोभेम्बर ४ देखि डिसेम्बर ३१ सम्म आपतकालीन स्थिति घोषणा गरेको मुहारीले बताए ।

माउण्ट लेवोटोबी इण्डोनेसियाको १२७ सक्रिय ज्वालामुखी मध्ये एक हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *