प्रधानमन्त्री ओली बिरामी
मकालु खबर
२०८१ कार्तिक २० गते
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली बिरामी परेका छन् ।
उनलाई सोमबार बेलुकीदेखि ज्वरो आएपछि मंगलबार रगत जाँच गर्न पठाइएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।
हल्का ज्वरो आएर अस्वस्थ भएकोले प्रधानमन्त्रीले मंगलबार अत्यावश्यकबाहेक अरू भेटघाट नगरेको प्रधानमन्त्रीका प्रेसविज्ञ रामशरण बजगाईँले जानकारी दिए ।
मकालु खबर
२०८१ कार्तिक २० गते
प्रतिक्रिया
सम्बन्धित