सहकारी ठगी प्रकरण

रवि लामिछाने थप ५ दिन हिरासतमा बस्नुपर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले दश दिन म्याद थप गरेको छ । मंगलबार न्यायाधिश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेमाथि अनुसन्धान गर्न दश दिनको म्याद थप गरेको हो ।

न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेलाई थप दश दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।

लामिछाने माथि दोस्रोपटक थपिएको म्याद कात्तिक १५ गते सकिएको थियो । सोही दिनदेखि गणना हुने गरी म्याद थप भएको अधिकारीले मकालुखबरलाई बताए । यसरी अब लामिछाने ५ दिन मात्रै हिरासतमा बस्नुपर्ने छ । अर्थात् कार्तिक २५ गतेसम्म लामिछाने हिरासतमा रहनेछन् ।

यसअघि अदालतबाट पहिलो पटक ६ र दोस्रो पटक ७ दिनको म्याद लिएर लामिछानेमाथि अनुसन्धान गरिएको थियो । यही कार्तिक २ गते बनस्थलीस्थित केन्द्रीय कार्यालयबाट लामिछानेलाई प्रहरीले पक्राउ गरेको थियो । लामिछाने पक्राउ परेपछि रास्वपा सडक आन्दोलनमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *