‘पूर्णबहादुरको सारङ्गी’ हेर्ने प्रधानमन्त्रीको इच्छा
मकालु खबर
२०८१ कार्तिक २० गते
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ हेर्ने इच्छा व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीले समय मिलाएर चलचित्र ’पूर्णबहादुरको सारङ्गी’ हेर्ने बताएका हुन् ।
मङ्गलवार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले फिल्मका निर्माता र कलाकारहरूलाई बधाई दिँदै चलचित्र हेर्ने बताएका हुन् ।
‘पूर्णबहादुरको सारङ्गी चलचित्र हेर्न निम्तो आएको छ । तर समय अभावले हेर्न पाएको छैन । फिल्मको समीक्षा हेर्दै गर्दा यसले हाम्रो सामाजिक परम्परा र व्यावसायिकताको अन्तर द्वन्द्वलाई राम्रोसँग उठान गरेको बुझेको छु,’ उनले लेखेका छन्, ’अनुकूलता मिले फिल्म हेर्ने छु । फिल्मका निर्माता र कलाकारहरूलाई बधाई !’
मकालु खबर
२०८१ कार्तिक २० गते
प्रतिक्रिया
सम्बन्धित