भूमिगत पानी व्यवस्थापन गर्ने विषयमा सरकार लागिरहेको छ : मन्त्री यादव

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले खानेपानीको समस्या समाधानका लागि भूमिगत पानीलाई व्यवस्थापन गर्ने विषयमा सरकार लागिरहेको बताएका छन् ।

सिंहदरबारस्थित मन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्री यादवले खानेपानीका क्षेत्रमा देखिएका समस्या दीर्घकालीन रुपमा समाधानका लागि मन्त्रालय भूमिगत पानीलाई व्यवस्थापन गर्न लागिपरेको बताए ।

उनले भने,“गत असोज ११ गतेदेखि देशभर भएको अविरल वर्षाका कारण ठूलो जनधनको क्षति भएको छ । चुरे दोहन र जलवायु परिर्वतनका कारण तराईका जिल्लामा चापाकल सुक्दै गएका छन् । पानीको समस्या समाधनका लागि हामी अगाडि बढिरहेका छौँ ।”

यसैगरी मन्त्री यादवले ‘एक घर, एक नल’ को परियोजनाअन्तर्गत काम गर्नेगरी तयारी गर्दै गरेको जानकारी दिए । उनले भने,“बाढी पहिरोले खानेपानीका क्षेत्रमा पनि करिब रु छ अर्ब बराबरको क्षति भएको छ । तर बाढीले क्षति पु¥याएका आयोजना मर्मत वा पुनःनिर्माण गर्ने बजेट मन्त्रालयसँग छैन ।”

बाढीले क्षति गरेका खानेपानीका क्षेत्रमा अन्य शीर्षकको बजेट रकमान्तर गरेर भए पनि मन्त्रालयले क्षतिपूर्ति वा पुनःनिर्माण गर्ने मन्त्री यादवले बताए । उनले भने,“बाढीले करिब रु छ अर्ब बढीको क्षति भएको छ । खानेपानी विभाग, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) र विभिन्न आयोजनाअन्तर्गतका खानेपानी आयोजनामा क्षति पुर्‍याएको छ । क्षतिको आँकलन गरेर विपद् व्यवस्थापनमा पठाएका छौँ । प्रधानमन्त्रीलाई जानकारी दिएका छौँ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *