कोशीका कानुनमन्त्रीले दिए पदबाट राजीनामा
मकालु खबर
२०८१ कार्तिक २१ गते
काठमाडौं । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले पदबाट राजीनामा दिएका छन् ।
आफ्नो जापान भ्रमण विवादमा परेपछि मन्त्री अधिकारीले राजीनामा दिएका हुन् ।
मन्त्री अधिकारीले मुख्यमन्त्री हिक्मत कार्कीलाई राजीनामा बुझाएको मन्त्री अधिकारीका प्रमुख स्वकीय सचिव रेवत कुमार बस्नेतले मकालुखबरलाई जानकारी दिए ।
‘मन्त्रीज्यूले मुख्यमन्त्रीलाई राजीनामा बुझाइसक्नुभयो,’ उनले मकालुखबरसँग भने,‘अब स्वीकृत हुन्छ केहिबेरमा, राजीनामा स्वीकृत भएपछि मन्त्रीज्यूले पत्रकार सम्मेलन गरेर आफ्ना कुरा भन्नुहुन्छ ।’
मन्त्री अधिकारी मन्त्रिपरिषद्बाट स्वीकृत नगरी जापान भ्रमणमा गएका थिए ।
मकालु खबर
२०८१ कार्तिक २१ गते
प्रतिक्रिया
सम्बन्धित