मिथिलामा छठको रौनक (तस्बिरहरु)
मकालु खबर
२०८१ कार्तिक २१ गते
जनकपुर । मिथिलासहित तराई / मधेसका जिल्लाहरुमा छठको तयारी अन्तिम चरणमा पुगेको छ । जनकपुरधामसहितका तराईका क्षेत्रमा छठ पर्वको रौनक शुरु भएको हो । जनकपुर धाममा छठका लागि फलफूल र मिठाइ किन्नेहरुको भीड देख्न सकिन्छ ।
साथै छठका लागि चाहिने आवश्यक सामग्री खरिद गर्नेहरुको भीड पनि त्यत्तिकै रहेको छ । चार दिनसम्म मनाईने छठ पर्वको पहिलो दिन व्रतालुहरु नुहाएर अरबा अरबाईन भोजन गर्ने गर्दछन् भने दोश्रो दिन साँझ प्रसादको रुपमा चामल, सक्खर र दुध मिलाएर बनाएको खिर ग्रहण गरी खरना गर्दछन् ।
त्यस्तै तेश्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिन तयार पारेको पूजा सामग्री घाटमा लगेर पूजा गर्ने गरिन्छ भने भने चौथो दिन बिहान उदाउँदो सूर्यको अर्घ्य दिएपछि छठपर्वको विधिवत समापन हुन्छ ।
मकालु खबर
२०८१ कार्तिक २१ गते
प्रतिक्रिया
सम्बन्धित