लोकप्रिय मतमा पनि ट्रम्प नै अगाडि

काठमाडौं । ताजा विवरणअनुसार डोनल्ड ट्रम्पले राष्ट्रपति निर्वाचित हुन आवश्यक २७० इलेक्टोरल कलेज मत मात्र नभई कुल मत वा कुल लोकप्रिय मतमा पनि जित्ने प्रक्षेपण गरिएको छ ।

सन् २०१६ मा उनले पहिलोपल्ट राष्ट्रपति निर्वाचन जित्दा लोकप्रिय मतमा भने हिलरी क्लिन्टन अगाडि थिइन् ।

पछिल्लो आँकडामा ट्रम्पले ६ करोड ९० लाखभन्दा धेरै मत पाएका छन् भने कमला ह्यारिसले ६ करोड ३७ लाखभन्दा धेरै मत पाएकी छन् । मतगणना अझै जारी छ ।

बीबीसीको पछिल्लो प्रक्षेपणमा ट्रम्पले २६६ इलेक्टोरल कलेज मत जित्ने देखिएका छन् भने कमला ह्यारिसले २१९ जित्ने देखिएका छन् । कतिपय राज्यको मतपरिणामका प्रक्षेपण अझै भइसकेका छैन ।

ह्वाइट हाउसमा फर्किएपछि उनले इतिहासमै सबभन्दा धेरै आप्रवासीलाई देशनिकाला गर्ने, वैदेशिक व्यापारमा थप शुल्कहरू लगाउने अनि युक्रेन र मध्यपूर्वका युद्ध अन्त्य गर्ने वाचा गरेका छन् ।–बिबिसी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *