थाइल्याण्डले टस जितेपछि नेपाल ब्याटिङ गर्दै
काठमाडौं । आईसीसी १९ वर्ष मुनिको महिला टी–२० विश्वकप एसिया छनोट प्रतियोगिता अन्तर्गत नेपाल र थाइल्याण्डबीच खेल हुँदै छ । बुधबार यूएईमा थाइल्याण्डले टस जितेपछि फिल्डिङ रोजेको छ । यस्तै नेपालले पहिले ब्याटिङ गर्दै छ ।
दोस्रो खेलमा नेपालले बिहीबार बिहान सवा ११ बजे कुबेतसँग खेल्नेछ । तेस्रो खेलमा नेपालले शनिबार यूएईसँग खेल्नेछ । खेल बिहान सवा ११ सुरु हुनेछ ।
युनाइटेड अरब इमिरेट्स (युएई) मा आजदेखि सुरु भएको उक्त प्रतियोगिता यही कात्तिक २८ गतेसम्म चल्ने छ । प्रतियोगितामा नेपालसहित युएई, कुवेत र थाइल्यान्ड सहभागी छन् ।
प्रत्येक टोलीले एकअर्कासँग दुई दुई खेल खेल्ने छन् । नेपालले आफ्नो दोस्रो खेल यही कात्तिक २२ गते कुवेतसँग खेल्ने छ । प्रतियोगितामा शीर्ष स्थानमा रहने टोलीले सन् २०२५ मा मलेसियामा हुने आइसीसी यु–१९ महिला टी–ट्वान्टी विश्वकपमा स्थान बनाउनेछ ।
एसिया छनोट खेलिरहेको नेपाली टोलीमा पूजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान), ज्योत्सिन्का मरासिनी, कृश्मा गुरुङ, सावित्री धामी, साना प्रवीण, कुसुम गोदार, सीमा केसी, एलिसाकुमारी यादव, मनिषाकुमारी उपाध्याय, रिया शर्मा, स्नेहा महरा, रचनाकुमारी चौधरी र तृष्णा विश्वकर्मा रहेका छन् ।