डोनाल्ड ट्रम्पको शानदार पुनरागमन
काठमाडौं । डोनल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतिमा फेरि निर्वाचित भएका छन् । हिलरी क्लिन्टनलाई अनपेक्षित रूपमा पराजित गरेको आठ वर्षपछि अनि जो बाइडनले उनलाई विस्थापित गरेको चार वर्षपछि पूर्वराष्ट्रपति ट्रम्प पुनः ह्वाइट हाउसबाट फर्किने निश्चित भएको छ ।
सन् २०२१ को ज्यानुअरी ६ मा संसद् भवनमा भएको दङ्गाको घटनापश्चात् नराम्ररी बिग्रिएको छवि लिएर उनी राष्ट्रपतिको पदबाट बिदा भएका थिए । अहिलेको विजयबाट उनको गजबको पुनरागमन भएको छ ।
त्यतिखेर डेमोक्र्याटहरूका अतिरिक्त कतिपय रिपब्लिकनहरूले पनि ट्रम्पको चर्को निन्दा गरेका थिए । त्यसपछि उनले थालेको चार वर्ष लामो राजनीतिक यात्राले अन्ततः उनलाई अमेरिकी राजनीतिको सर्वोच्च पदमा पु¥याएको छ ।
¥यालीहरूमा उनको भाषण सुन्दा बेलाबेला विषयवस्तुमा ध्यानकेन्द्रित नभएको अनि जथाभावी बोलेको सुनिन्थ्यो । तर उनले आफूवरपर दक्ष तथा व्यावसायिक सहयोगीहरू राखे । अमेरिकीहरूले ट्रम्पमाथि खास गरी दुईवटा विषयमा भरोसा गरेको सर्वेक्षणहरूले देखाए– आप्रवासन तथा अर्थतन्त्र । अनि उनको निर्वाचन अभियानले यिनै विषय निरन्तर उठाइरह्यो ।
निर्वाचन प्रचार सुरु भएपछि बाइडनको साटो कमला ह्यारिस मैदानमा आएपछि ट्रम्पको टोली थोरै अनिश्चयमा परेको देखियो । तर चाँडै नै पूर्वराष्ट्रपति सम्हालिए अनि शासनमा रहेकाहरूको विरोधमा रहेको जनमतको बलमा अघि बढे ।
अब उनीसँग शासन चलाउन चार वर्ष छ– यसपालि उनको पछाडि अझ परिस्कृत राजनीतिक सङ्गठन पनि छ जो उनका चुनावी वाचाहरूलाई कार्यान्वयन गर्न तत्पर देखिन्छ ।–बिबिसी