सुनको मूल्यमा ठूलो गिरावट, तोलामै ४ हजार सस्तो
मकालु खबर
२०८१ कार्तिक २२ गते
काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्यमा ठूलो गिरावट आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनाव जिते सँगै नेपाली बजारमा सुनको भाउ ह्वातै घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामै ४ हजार रुपैयाँले घटेको छ । छापावाल सुनको मूल्य प्रति तोला १ लाख ६४ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन बुधबार छापावाला सुन प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा ५५ रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बिहीबार चाँदी २ हजार १५ रुपैयाँमा कारोबार भएको थियो ।
मकालु खबर
२०८१ कार्तिक २२ गते
प्रतिक्रिया
सम्बन्धित