उपनिर्वाचन

चुनाव जिताउन रास्वपाले तोक्यो प्रदेश ‘कमाण्डर’, को कहाँ ?

काठमाडौं । आगामी मंसिर १६ गते देशभर स्थानीय तह उपनिर्वाचन हुने भएपछि राजनीतिक दलहरु तयारीमा जुटेका छन । यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि स्थानीय तह उपनिर्वाचनका लागि सात वटै प्रदेशमा नेताहरूलाई पठाएको छ ।

रास्वपा केन्द्रीय निर्वाचन संयोजन समितिको बिहीबार बसेको बैठकले निर्वाचन परिचालनका लागि नेताहरूलाई खटाउने निर्णय गरेको हो ।

बैठकले कोशी प्रदेशमा निशा डाँगीलाई चुनावी कमाण्डर तोकेको छ । मधेस प्रदेशमा डा.चन्दा कार्की चुनावी कमाण्डर तोकिँदा बागमती प्रदेशमा शिशिर खनाल,गण्डकी प्रदेशमा विन्दवासिनी कंसाकारलाई चुनावी कमाण्डर बनाइएको छ ।

यस्तै लुम्बिनी प्रदेशमा कुसुम महर्जन, कर्णाली प्रदेशमा लिमा अधिकारी र सुदूरपश्चिम प्रदेशमा विष्णु कुमार श्रेष्ठलाई कमाण्डरको जिम्मेवारी दिइएको छ । पार्टीले प्राइमेरी इलेक्सन गर्ने तयारी समेत गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *