छठ पर्वको मुख्य दिन, कमलपोखरीमा जे देखियो…
२०८१ कार्तिक २२ गते
काठमाडौँ । आज छठ पर्वको मुख्य दिन । आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिइएको छ ।
कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व मङ्गलबारदेखि सुरु भएको हो ।
यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्को व्रत गर्नेबाट कामना पूरा गराउने गर्छन् । आर्थिक अभाव भएका मानिस भिक्षा मागेरै भए पनि यो पर्व मनाउने गरिएको छ ।
छठ पर्वका लागि राजधानीको गुह्येश्वरीबाट गौरीघाट क्षेत्र, कमलपोखरीलगायत वागमती, नख्खु र विष्णुमतीलगायत नदी किनारमा सजावट गरिएको छ ।
कमलपोखरीमा पनि छठ पर्वका लागि भक्तजनहरूको भिड लागेको छ । व्रतालु महिलाहरूले कमलपोखरी भरिभराउ छ ।
२०८१ कार्तिक २२ गते
प्रतिक्रिया
सम्बन्धित