माओवादी केन्द्रले पनि बोलायो पदाधिकारी बैठक
मकालु खबर
२०८१ कार्तिक २३ गते
काठमाडौं । नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । बैठक आइतबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने गरी बोलाइएको हो ।
सचिव दिननाथ शर्माकाअनुसार बैठकले केन्द्रीय समिति बैठकबारे निर्णय गर्ने बताइएको छ । उपनिर्वाचनको तयारी, पछिल्लो राजनीति घटनाक्रमलगायतका विषयमा पनि छलफल हुने उनको भनाई छ ।
आगामी मङ्सिर १६ गते स्थानीय तह उपनिर्वाचन हुन गइरहेको छ । राजनीतिक दलका गतिविधि उपनिर्वाचन लक्षित हुन थालेका छन् ।
मकालु खबर
२०८१ कार्तिक २३ गते
प्रतिक्रिया
सम्बन्धित