अनेरास्ववियुले बुझायो पाठ्यक्रम विकास केन्द्रलाई ध्यानाकर्षणपत्र
मकालु खबर
२०८१ कार्तिक २३ गते
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले पाठ्यक्रम विकास केन्द्र सानोठिमी भक्तपुरलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
अनेरास्ववियुले पठनपाठनका सामाग्रीमा भएको अवैज्ञानिक दृष्टि,त्यसमा भएको त्रुटी र शैक्षिक गुणस्तरको अभिवृद्धिमा केन्द्रले गैरजिम्मेवारीपन देखाएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।
अनेरास्ववियुले पाठ्यक्रम मूल्यांकनमा मूल्यांकन फाराममार्फत प्राप्त ७० प्रतिशत अंक नभई सतप्रतिशत अंक प्राप्त पाठ्यपुस्तकलाई मात्रै स्वीकृति दिने नीतिगत व्यवस्था गर्न समेत माग गरेको छ ।
हेर्नुहोस् ध्यानाकर्षणपत्र
मकालु खबर
२०८१ कार्तिक २३ गते
प्रतिक्रिया
सम्बन्धित