इजरायली आक्रमणमा २२ प्यालेस्टाइनीको मृत्यु
काठमाडौं । गाजापट्टीका विभिन्न क्षेत्रमा इजरायली आक्रमणमा २२ प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी स्रोतहरूले बताएका छन् । उत्तरी गाजामा रहेको जबलिया शरणार्थी शिविरको पश्चिममा इजरायली तोपले आक्रमण गर्दा ५ प्यालेस्टाइनी मारिएका हुन् ।
दर्जनौं घाइते भएका छन् । घाइतेहरुलाई सर्वसाधारणको सवारी साधनमा अस्पताल लगिएको छ । अर्को आक्रमणमा चिकित्सकहरूका अनुसार इजरायली विमानले उत्तरी शहर बेइट लाहियामा एउटा घर र भेलामा बमबारी गरेपछि आठ प्यालेस्टाइनीको मृत्यु भएको थियो ।
प्यालेस्टाइन सिभिल डिफेन्सले मध्य गाजाको नुसेरात शिविरको पश्चिममा मानिसहरूको समूहलाई लक्षित गरी गरिएको बम विस्फोटमा तीन प्यालेस्टाइनीको मृत्यु भएको छ ।
दक्षिणी शहर रफाहको पूर्वी भागमा एक भेलामा ड्रोनले आक्रमण गर्दा पाँच जना युवाको मृत्यु भएको बताइएको छ । इजरायली वायुसेनाले गत २४ घण्टामा हिजबुल्लाह र हमाससँग सम्बन्धित ११० भन्दा बढी लक्ष्यहरूमा आक्रमण गरेको थियो ।
गाजामा जारी इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुनेको संख्या ४३ हजार ४६९ पुगेको गाजास्थित स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।