धनगढीमा होटेलको जग खन्ने क्रममा बम भेटिएपछि…

कैलाली । कैलालीको धनगढीमा होटेलको जग खन्ने क्रममा बम भेटिएको छ । धनगढी उपमहानगरपालिका-३ विशालनगरमा शुक्रबार सिद्वार्थ होटेलको भवनको जग खन्ने क्रममा बम भेटिएको हो ।

भेटिएको उक्त बम शनिबार बिहान निस्क्रिय पारिएको प्रहरीले जनाएको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त बमलाई निष्क्रिय पारेको कैलालीका एसपी पदमबहादुर विष्टले बताए ।

खिया लागेको अवस्थामा भेटिएको बम द्वन्द्वकालीन हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *