जितका लागि युएईले नेपाललाई दियो १ सय २३ रनको लक्ष्य
काठमाडौं । आईसिसी १९ वर्ष मुनिको महिला टि-२० विश्वकप एसिया छनोटअन्तर्गत शनिवार भएको खेलमा युनाइटेड अरब इमिरेट्स (युएई)ले नेपाल समक्ष १ सय २३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको युएईले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय २२ रन बनाएको हो । थियो । युएईृकी रिनिथा रजितले सर्वाधिक ४८ रन प्रहार गरिन् । ३३ बलको सामना गर्दै उनले ५ चौका र २ छक्का प्रहार गरिन् । त्यस्तै लाभान्या केनीले २० रन जोड्दा इनधुजा नन्दकुमारले १२ रन बनाइन् ।
बधबारदेखि सुरु भएको प्रतियोगितामा नेपालले पहिलो खेल थाइल्याण्डसँग खेलेको थियो । उक्त खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।नेपालले आफ्नो दोस्रो खेल बिहीबार कुवेतसँग खेलेको थियो । उक्त खेलमा नेपालले कुवेतलाई एक सय आठ रनले हराएको थियो ।
प्रतियोगितामा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् । सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली आईसीसी यु-१९ महिला टी-२० विश्वकपका लागि छनोट हुनेछ । यु-९ विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष जनवरीमा मलेसियामा आयोजना हुँदैछ ।