क्वेटामा भएको विस्फोटमा २० जनाको मृत्यु, ५३ घाइते
मकालु खबर
२०८१ कार्तिक २४ गते
काठमाडौं । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको एक रेलवे स्टेशनमा शनिवार बिहान भएको विस्फोटमा २० जनाको मृत्यु भएको छ ।
साथै अन्य ५३ जना घाइते भएको पाकिस्तानी रेल्वेका प्रमुख कार्यकारी अधिकारीले जानकारी दिएका छन् ।
प्रान्तीय राजधानी क्वेटाको रेल्वे स्टेशनको प्लेटफर्म नम्बर १ मा स्थानीय समयअनुसार बिहान ८ः२० बजे (जीएमटी ०३२०) आक्रमण भएको हो ।
आक्रमणको निशाना क्वेटामा तालिम पूरा गरेर अन्य प्रान्तहरूमा आफ्नो घरतर्फ जाँदै गरेका सैनिकहरू थिए ।
एक आत्मघाती आक्रमणकारीले सैनिक, रेल्वे प्रहरी र नागरिक यात्रुहरूसहित १०० भन्दा बढी मानिसको भीडमा आफ्नो विस्फोटक ज्याकेट विस्फोट गराएको स्रोतले बताएको छ ।
पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले आक्रमणको निन्दा गर्दै घाइतेहरूलाई सम्भव भएसम्मको उपचार उपलब्ध गराउन अस्पताल प्रशासनलाई निर्देशन दिएका छन् ।
मकालु खबर
२०८१ कार्तिक २४ गते
प्रतिक्रिया
सम्बन्धित