वागमती सफाई अभियान ६ सय औं हप्तामा, २० हजार मेट्रिकटन फोहोर संकलन

काठमाडौं । वागमती सफाई अभियान ६ सयौँ हप्तामा प्रवेश गरेको छ ।

शनिवार काठमाडौंमा सरसफाई अभियान ६ सयौँ हप्तामा प्रवेश गरेको अवसरमा काठमाडौंमा एक कार्यक्रको आयोजनासमेत गरिएको थियो ।

कार्यक्रमबारे जानकारी दिँदै वागमती प्रदेशका राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद सुनिल केसीले आफ्नो व्यक्तिगत समय छुट्याएर सरसफाईमा जोडिनुपर्ने बताए ।

उनले सबैले आफ्नो समय छुट्याएर हप्तामा एक पटक नदीको सरसफाईमा जुट्न आह्वान गरे । वागमती संस्कृति र संस्कारसँग जोडिएकाले पनि सरसफाईमा जोडिनुपर्ने उल्लेख गरे ।

कार्यक्रमबारे जानकारी दिँदै नेपाल सरकारका पूर्वमुख्यसचिव लिलामणि पोखरेलले वागमती सरसफाई अभियान स्वयंसेवी अभियान भएको बताए ।

सातामा एक दिन दुई घण्टा राष्ट्रका नाममा स्वयंसेवक भन्ने अभियानअनुसार काम गरिरहेको बताए ।

उनले शुरु गरेदेखि कुनैपनि हप्तामा सरसफाई नरोकिएको बताए । उनले वागमती सरसफाई अभियान राष्ट्रिय जागरणको अभियान भएको बताए ।

उनले अभियानमा १२ लाख मानिस जोडिनुका साथै २० हजार मेट्रिकटन भन्दा बढी फोहोर उठाएको बताए ।

वागमती अभियन्ताहरुले यस समयावधिमा ६ हजार भन्दा बढी वृक्षारोपण गरिसकेको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *