एसिया कप खेल्ने यु– १९ टोली घोषणा, देव र गुल्सन बाहिरिए

काठमाडौं । यु– १९ एसिया कप खेल्ने नेपाली टोली घोषणा गरिएको छ ।

नेपाल क्रिकेट संघले हेमन्त धामीको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा गरेको हो । टोलीको उपकप्तानको जिम्मेवारी अर्जुन कुमाललाई दिईएको छ ।

शक्ति गौचनले टोलीको प्रमुख प्रशिक्षक बनेका छन् भने धिरेन्द्र चन्द सहायक प्रशिक्षक तोकिएका छन् ।

नेपाली टिममा हेमन्त धामी (कप्तान), अर्जुन कुमाल (उपकप्तान), आकाश त्रिपाठी, उत्तम थापा, मयन यादव, नरेन साउद रहेका छन् ।

यस्तै युनिस विक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विक, विपिन महतो, राजेश यादव, दयानन्द मण्डल, अपराजित पौडेल, अभिषेक तिवारी, दिलसाद अलि र रन्जित कुमार पनि टिमा परेका छन् ।

नयाँ टिममा भरखरै सम्पन्न भएको नरेश श्रेष्ठ स्मृती यु १९ क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गरेका खेलाडी छन् ।

यु– १९ टिमबाट देव खनाल र गुल्सन झा भने बाहिरिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *