लिभरपुललाई शीर्ष स्थानमा ५ अंकको अग्रता, फेरि हार्‍यो सिटी

काठमाडौँ । लिभरपुलले इङलिश प्रिमियर लिग अन्तर्गत एस्टन भिल्लामाथि जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा लिभरपुलले एस्टन भिल्लालाई २-० गोल अन्तरले पराजित गरेको हो ।

लिभरपुलको जितमा डर्विन नुनेज र मोहमद सलाहले एक एक गोल गरेका थिए । यो जितपछि लिभरपुलले प्रिमियर लिगमा आफ्नो अग्रता बढाएको छ । लिभरपुलको ११ खेलमा २८ अंक भएको छ र लिगमा शिर्ष स्थानमा छ । लिभरपुल दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटी भन्दा ५ अंकले अगाडी रहेको छ ।

म्यानचेस्टर सिटीले लगातार दोस्रो हार ब्यहोरेको छ । साविक विजेता सिटी गएराति ब्राइटनविरूद्धको खेलमा २-१ ले पराजित भएको हो ।

फाल्मर स्टेडियममा २३ औं मिनेटमा अर्लिङ हालान्डले गोल गर्दा सिटी पहिलो हाफमा १-० ले अगाडि थियो । ७८ मिनेटमा जोआओ पेड्रोले बराबरी गोल फर्काए। लगत्तै ८३ मिनेटमा ब्राइटनकै म्याट औ रिलीले एक गोल थपेपछि सिटी पछि परेको थियो । अघिल्लो खेलमा सिटी बर्नमाउथसँग २-१ गोलले नै पराजित भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *