मानव तस्करीको आरोपमा एमाले सांसद अधिकारी पक्राउ
मकालु खबर
२०८१ कार्तिक २५ गते
काठमाडौं । नेकपा एमालेका कोशी प्रदेश सभा सदस्य लिलाबल्लभ अधिकारी पक्राउ परेका छन् ।
उनी मानव तस्करीको आरोपमा पक्राउ परेका हुन् । उनलाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको हो ।
उनलाई आजै काठमाडौं ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
अधिकारीमाथि पदको दुरुपयोग गर्दै गैर कानुनी तरिकाले मानिसहरू जापान पुर्याउन खोजेको आरोप छ ।
नेकपा एमालेले अधिकारीलाई साधारण सदस्यसमेत नरहने कारबाही गरिसकेको छ ।
मकालु खबर
२०८१ कार्तिक २५ गते
प्रतिक्रिया
सम्बन्धित