किराँत धर्म र संस्कृतिको पृथक पहिचान छ, हामी गौरवान्वित छौँ : डा.शेखर कोइराला

काठमाडौं । नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले किराँत धर्म र संस्कृतिले आफ्नो पृथक पहिचान राख्न सकेकोमा गौरवान्वित बनाएको बताएका छन् ।

उनले हजारौँ वर्षदेखि नेपालभित्र मात्र होइन आज देश बाहिर पनि आफ्नो पृथक पहिचान राख्न सकेकोमा सबै गौरवान्वित भएको नेता कोइरालाले बताए ।

उनले भने– ‘विश्वका अनेकन् धर्म, संस्कृति र सभ्यताहरू विभिन्न कालखण्डमा उदाए र अस्ताए पनि । तर नेपालको हिमाल पहाडका बिच पल्लवित यस किराँत धर्म र संस्कृतिले हजारौँ वर्षदेखि नेपालभित्र मात्र होइन आज देश बाहिर पनि आफ्नो पृथक पहिचान राख्न सकेकोमा हामी सबै गौरवान्वित छौँ ।’

राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४० औँ जन्मजयन्तीको अवसरमा बोल्दै उनले किराँत धर्मावलम्वीहरुले आफ्नो लोक जीवनको उल्लास, खुसीयाली र सम्पन्नताको लागि देश विदेशमा पनि प्रसिद्धि कमाएको बताए ।

त्यस्तै उदार, स्वतन्त्र चिन्तन गर्ने र पारस्पारिक सम्मानमा आधारित पारिवारिक एवं सामाजिक सम्बन्धको कारणले सरल र सुरुचिपूर्ण रहेको उनले बताए ।

स्वभावले साहस र सरलताको मिश्रण भएको किराँत समुदायले अन्तर्राष्ट्रिय समुदाय बिच बनाएको पहिचानले नेपाली संस्कृति र सभ्यतालाई थप उचाइमा पुर्याएकोे कुरा इतिहासमा स्वर्णिम अक्षरले लेखिएको नेता कोइरालाको भनाई छ ।

लोकतान्त्रिक व्यवस्थामा प्रत्येक जातजातिलाई आफ्नो भाषा, धर्म, संस्कृति, परम्परा र साहित्यको जगेर्ना तथा विकास गर्ने अधिकार हुन्छ र यसमा राज्यव्यवस्थाको दायित्वलाई नकार्न नसकिने नेता कोइरालाको भनाई छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *