नाटक ‘ढुकढुकी ७२ मेगाहर्ज’ : सन्तानको चाहना सँगालेका दम्पतीको कथा (तस्बिरहरू)
काठमाडौँ । थापागाउँस्थित मण्डला नाटकघरमा यतिखेर ‘ढुकढुकी ७२ मेगाहर्ज’ नाटक मञ्चन भइरहेको छ । कात्तिक २४ गतेबाट मञ्चन सुरु भएको यस नाटक मंसिर १६ गतेसम्म मञ्चन हुनेछ ।
दयाहाङ राईले निर्माण गरेको यस नाटकले सन्तान चाहनाको उत्कट उत्साह सँगालेका एक दम्पतीको कथा भनेको छ । जुन कथाका पात्रहरू बनेर कलाकार मेनुका प्रधान र कार्मले उत्कृष्ट अभिनय गरेका छन् । नाटकमा उनीहरूको जीवनमा सन्तानको चाहनालाई लिएर आइपरेका जटिलता, विवशता र आशालाई नाटकीय ढंगमा प्रस्तुत गरिएको छ ।
नाटकमा एउटी आमाले आफ्नो सन्तानलाई भौतिक विलासिताको परिणाम मात्र नमानी तिनलाई जीवनको सर्वस्व मानेकी छन् । समग्रमा भन्नुपर्दा ‘ढुकढुकी ७२ मेगाहर्ज’ नाटक घटनाको प्रभावमा जन्मिएका मानवीय संवेदनाले भरिएको नाटक हो । जसमा प्रेम कथा पनि देख्न सकिन्छ ।
नाटकलाई विभिन्न लाइट, ध्वनि, दृश्य र चित्रहरूको प्रयोगले रङ्गिन बनाएको देखिन्छ । यस रङ्गिन नाटकलाई केदार श्रेष्ठले लेखन, परिकल्पना तथा निर्देशन गरेका हुन् ।
‘ढुकढुकी ७२ मेगाहर्ज’ नाटक हरेक दिन (सोमबार बोहक) साँझ ५ः३० बजे र शनिवार दिउँसो १ः०० बजे मञ्चन हुनेछ ।