रास्वपा लक्षित देउवाको टिप्पणी– पक्राउ पर्दा हामीले कहिल्यै होहल्ला गरेनौँ
मकालु खबर
२०८१ कार्तिक २५ गते
काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसका नेता कार्यकर्ता पक्राउ पर्दा होहल्ला नगरेको बताएका छन् ।
धनगढी विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै सभापति देउवाले रास्वपा लक्षित टिप्पणी गर्दै आफ्ना साथीहरू पक्राउ गर्दा कहिल्यै होहल्ला नगरेको बताए ।
उनले सहकारी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेको मुद्दा अदालती प्रक्रियामा रहेकाले आन्दोलन गरिरहनु नपर्ने बताए ।
उनले भने–‘हाम्रा साथीलाई मुद्दा लाग्दा हामीले कहिल्यै होहल्ला गरेनौँ, यो अदालती प्रक्रियामा छ ।’
मकालु खबर
२०८१ कार्तिक २५ गते
प्रतिक्रिया