जिउँदो रहेसम्म रवि लामिछाने नै रास्वपाको सभापति हो : डिपी अर्याल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डिपी अर्यालले रवि लामिछाने जिउँदो रहेसम्म रास्वपाको सभापति रहने बताएका छन् ।

सभापति लामिछानेको रिहाइको माग गर्दै आइतबार पोखरामा आयोजित कार्यक्रममा बोल्दै उपसभापति अर्यालले रास्वपाको सभापति लामिछाने नै हुने बताए ।

उनले पार्टी सभापतिमा लामिछानेको विकल्प नरहेको बताए । उनले कार्यवाहक सभापति कसले पाउँछ भन्ने कुरा गौण रहेको बताए ।

‘रवि लामिछाने जिउँदो रहेसम्म रास्वपाको सभापति उहाँ नै हो,’उनले भने‘यसमा कार्यवाहक सभापति कसले पाउँछ, कसले पाउँदैन त्यो गौण कुरा हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *