थाइल्याण्डविरुद्व नेपालको उत्कृष्ट सुरुवात
काठमाडौं । युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी आइसीसी यु–१९ महिला टि–२० विश्वकपको एसिया छनोटको आफ्नो चौथो खेलमा नेपालले थाइल्याण्डविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ ।
युएईको अजमानस्थित द सेभेन स्टेडियममा आजको खेलमा नेपालले टस जितेर थाइल्याण्डविरुद्ध पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो ।
नेपालले थाइल्याण्डविरुद्ध शानदार सुरुवात गरेको छ । यो समाचार तयार पार्दा सम्म नेपालले १०.२ ओभरमा ६८ रन बनाएर खेलीरहेको छ ।
नेपालका दुवै ओपनरले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । ओपनर साना प्रविण र सावित्री धामी अहलिे क्रिजमा छन् ।
गत बुधवार देखी सुरु एसिया छनोटमा नेपालको यो चौथौँ खेल हो । नेपालले यसअघि दुई खेलमा जित हासिल गरेको छ भने एक खेलमा पराजित भएको छ ।
प्रतियोगिताको पहिलो खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । यस्तै, आफ्नो दोस्रोमा नेपालले कुवेतलाई एक सय आठ रनले हराएको थियो । साथै तेस्रो खेलमा शनिबार घरेलु टोली युएईसँग १३ रनले पराजित भएको थियो ।
छनोट खेलमा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् । सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली सन् २०२५ मा मलेसियामा हुने विश्वकपमा छनोट हुनेछ ।