यू-१९ महिला टी-२० विश्वकप क्रिकेट
नेपालद्धारा थाइल्याण्डसमक्ष १४० रनको लक्ष्य प्रस्तुत
मकालु खबर
२०८१ कार्तिक २५ गते
काठमाडौं । आईसीसी १९ वर्ष मुनिको महिला टी २० विश्वकप एसिया छनोट अन्तर्गत नेपालले थाइल्याण्ड समक्ष १ सय ४० रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३९ रन बनाएको हो । नेपालका लागि ओपनर सना प्रवीणले ४६ बलमा ७ चौका सहित ५३ रनको अर्धशतकीय पारी खेलिन् ।
साबित्री धामीले ३६ बलमा २८ रन बनाउँदा सोनी पाख्रिनले १० बलमा १९ रन बनाइन् । थाइल्याण्डका लागि नथारिका ठोकोइले ४ ओभरमा ३१ रन दिएर ३ विकेट लिइन् । केसिनी कैजुम्फोलले २ विकेट लिँदा कोरानित सुवाञ्चोनराथीले १ विकेट लिइन् ।
यसअघि थाइल्याण्डसंको पहिलो खेलमा नेपाल विजयी भएको थियो ।
मकालु खबर
२०८१ कार्तिक २५ गते
प्रतिक्रिया
सम्बन्धित