थाइल्यान्डमाथि नेपालको विशाल जित

काठमाडौँ । आइसिसी यु–१९ महिला टी–ट्वान्टी विश्वकपको एसिया छनोटअन्तर्गत नेपालले थाइल्यान्डलाई हराएको छ ।

थाइल्यान्डलाई ३३ रनमै अलआउट गर्दै नेपालले १०६ रनको विशाल जित निकालेको हो ।

नेपालले दिएको १३९ रनको लक्ष्य पछ्याएको थाइल्यान्ड ३३ रनमै अलआउट भयो ।

नेपालको जितमा नेपाली बलरहरूले उत्कृष्ट प्रदर्शन गरे । यस्तै ओपनर साना प्रवीणले पनि शानदार अर्ध शतक बनाइन् ।

थाइल्यान्डलाई अलआउट गर्न नेपालकी कुसुम गोदारले सर्वाधिक ३ विकेट लिइन् ।

उनले ४ ओभर बलिङ गर्दै १९ रन खर्चिएर ३ विकेट लिएकी हुन् । रिया शर्मा र रचना कुमारी चौधरीले समान २–२ विकेट लिइन् । यस्तै कप्तान पूजा महतोले १ विकेट लिइन् ।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले १३९ रन बनायो । नेपालकी ओपनर साना प्रवीणले सर्वाधिक ५३ रन बनाइन् ।

अर्की ओपनर सावित्री धामीले २८ रन बनाइन् भने सोन्या पाख्रिनले १९ रनको योगदान दिइन् । कप्तान पुजाले ४ रन बनाउँदा ज्योत्सिन्का मरासिनीले ७ रनको योगदान दिइन् ।

तिर्सना विश्वकर्मा ९ रनमा नटआउट रहँदा एलिसा कुमारी यादव १ रनमा रन आउट भइन् ।

सिमाना केसी र कुसुम गोदार शून्य रनमा आउट भए भने रिया शर्मा १ रनमा नटआउट रहिन् ।

नेपालले १२ रन अतिरिक्त पाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *