लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय
भोलि १२ बजेभित्र काटिएका लाइन जोड्न निर्देशन
मकालु खबर
२०८१ कार्तिक २५ गते
काठमाडौं । सरकारले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो ।
डेडिकेटेड र ट्रंकलाइन विवादमा पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको प्रतिवेदन सार्वजनिक गर्ने सरकारले निर्णय गरेको हो ।
बैठकले विद्युत् बक्यौतासम्बन्धी सुझाव दिन गठित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्दै कार्यान्वयनमा लैजाने निर्णय गरेको एक मन्त्रीले मकालुखबरलाई जानकारी दिए ।
त्यस्तै भोलि (सोमबार) १२ बजेभित्र उद्योगीका काटिएका लाइन जडान गर्न पनि मन्त्रालयमार्फत विद्युत् प्राधिकरणलाई निर्देशन दिने सरकारले निर्णय गरेको छ । साथै १५ दिनभित्र बक्यौता टीओडी मिटर बमोजिम असुल गर्ने निर्णय समेत गरिएको छ ।
मकालु खबर
२०८१ कार्तिक २५ गते
प्रतिक्रिया
सम्बन्धित