राष्ट्रिय परीक्षा बोर्डलाई अनेरास्ववियुले बुझायो ध्यानाकर्षण पत्र

काठमाडौं । नेकपा एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियुले राष्ट्रिय परीक्षा बोर्डमा ध्यानाकर्षण पत्र बुझाएको छ ।

राष्ट्रिय परीक्षा बोर्डलाई जिम्मेवार बनाउन अनेरास्ववियु काठमाडौं जिल्ला कमिटीले राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मालाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

खोटाङका शिवकुमार राईको उत्तर पुस्तिका निरीक्षकले नियतवश केरमेट गरेर अनुत्तीर्ण गराएको विषयमा अनेरास्ववियुले चासो राख्दै ध्यानाकर्षण गराएको अनेरास्ववियुका केन्द्रीय सदस्य धर्मराज तिमिल्सीनाले जानकारी दिए ।

छात्रका आफन्तले बोर्डमा उजुरी दिएको र उजुरीका आधारमा राष्ट्रिय परीक्षा बोर्डले पुनः उत्तर पुस्तिका परीक्षण गरी उत्तीर्ण भएको सूचना सार्वजनिक भए पछि अनेरास्ववियु काठमाडौं जिल्ला कमिटीले यस प्रति चासो राखेको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *