पूर्वमन्त्री अधिकारी पक्राउबारे प्रदेश सभाले जारी गर्‍यो सूचना

काठमाडौं । कोशी प्रदेशका सांसद एवं पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ परेको विषयमा प्रदेश सभा सचिवालयले सोमबार सूचना प्रकाशन गरेको छ ।

‘लिखत तथा मानव बेचबिखन सम्बन्धी कसुर मुद्धामा काठमाडौं जिल्ला अदालतबाट प्रदेश सभा सदस्य अधिकारीविरुद्ध पक्राउ अनुमति जारी भएको कोशी प्रदेश सभाका कार्यवाहक सचिव गौतमराज अमात्यद्धारा हस्ताक्षरित सुचनामा भनिएको छ,अधिकारीलाई पक्राउ गरी थप अनुसन्धान कार्यको लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा उपस्थित गराइएको जानकारी प्राप्त भएकोले प्रदेश सभा नियमावली,२०७४ को नियम १९० को उपनियम (२) बमोजिम माननीय सभामुखज्यूको आदेशानुसार यो सुचना प्रकाशन गरिएको छ ।’

अधिकारीलाई आइतबार जिल्ला अदालत काठमाडौंले २ दिन हिरासतमा राख्न अनुमति दिएको थियो । नक्कली कागजात बनाएर तीन जनालाई जापान लगेको कसुरमा अनुसन्धानका लागि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यही कात्तिक १४ गते अधिकारीसँगै टोकियो विमानस्थलबाट खोटाङका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवाका २२ वर्षीय कञ्चन देवकोटा डिपोर्ट भएको प्रहरीले जनाएको छ ।

प्रदेश सभा सचिवालयद्धारा जारी गरिएको सूचना

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *