भैरहवा विमानस्थल खुल्यो, जहाजको ‘बोर्डिङ पास’ दिन सुरू
काठमाडौं । भैरहवा विमानस्थल खुलेको छ । मौसममा सुधार भएपछि विमानस्थल खुलेसँगै पोखरा विमानस्थलमा बोर्डिङ सुरु गरिएको हो ।
आजै पोखराबाट सहकारी ठगी प्रकरणमा बयानका लागि जहाजमार्फत रुपन्देही ल्याउन लागिएको छ । बिहान साढे ५ बजे पोखरा विमानस्थल पुर्याइएका लामिछानेलाई लगिने भएको जहाज भैरहवा विमानस्थलको भिजिबिलिटी कम भएपछि अहिलेसम्म उड्न सकेको थिएन । तर, भर्खरैमात्र भैरहवा विमानस्थल खुलेसँगै पोखरा विमानस्थलमा बोर्डिङ सुरु गरिएको विमानस्थलले जनाएको छ ।
पूर्व गृहमन्त्री समेत रहेका लामिछानेलाई ल्याउनेभएपछि प्रशासनले गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थल वरपर नेपाल र प्रहरी सशस्त्र प्रहरी परिचालन गरेको छ । लामिछानेलाई रुपन्देही ल्याइने भएसँगै पार्टीले रुपन्देही र भैरहवामा प्रदर्शनको तयारी गरेको छ । पार्टीले नेता तथा कार्यकर्तालाई बिहान १० बजे भैरहवामा निर्देशन दिएको सथयो ।
रविलाई रुपन्देही ल्याइने भएपछि सहकारी पीडितहरूले पनि सरकारी वकिलको कार्यालय अगाडि विरोध प्रदर्शनको तयारी गरिरहेका छन् । दोहोरो प्रदर्शनको तयारी भएसँगै प्रहरीले विमानस्थलदेखि सरकारी वकिलको कार्यालय परिसरसम्मको सुरक्षा व्यवस्था कडा पारेको छ ।