कुवेत ४८ रनमा अलआउट, नेपालको फराकिलो जित
मकालु खबर
२०८१ कार्तिक २७ गते
काठमाडौं । आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालले चौथो जित दर्ता गरेको छ ।
आज मङ्गलवार भएको आफ्नो पाँचौँ खेलमा नेपालले कुवेतलाई १६५ रनको फराकिलो अन्तरले हराएको हो ।
नेपालले दिएको २१४ रनको लक्ष्य पछ्याएको कुवेत १३ ओभरमा ४८ रनमा अलआउट भयो ।
कुवेतलाई सस्तैमा अलआउट गर्न नेपालकी कप्तान पूजा महतोले घातक बलिङ गरिन् । उनले ४ ओभरमा ८ रन खर्चिएर ५ विकेट लिइन् । सिमाना केसी र रचना कुमारी चौधरीले समान २–२ विकेट लिइन् ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले विस्फोटक ब्याटिङ गर्यो । नेपालकी कप्तान पूजाले शानदार शतक प्रहार गरिन् । उनले ६९ बलमा १३० रनको नट आउट पारि खेलिन् ।
यस्तै उपकप्तान सोनी पाख्रिनले पनि ४३ रनको नट आउट पारि खेलिन् । उनले ३३ बलको सामना गरिन् ।
ओपनर सावित्री धामीले ११ र साना प्रवीणले ६ रनको योगदान दिइन् ।
मकालु खबर
२०८१ कार्तिक २७ गते
प्रतिक्रिया
सम्बन्धित