बुद्ध एयरले थाल्यो अतिरिक्त उडान, रात्रिकालीन उडान सस्तोमा
मकालु खबर
२०८१ कार्तिक २७ गते
काठमाडौं । बुद्ध एयरले भैरहवा र पोखराबाट अतिरिक्त उडान थालेको छ ।
त्रिभुवन विमानस्थलको स्तरोन्नति तथा समिति उडानले बुद्ध एयरले अतिरिक्त उडान थालेको हो ।
सातामा पोखराबाट नेपालगन्जको तीन उडान हुने गरेकोमा अब बुद्ध एयरले दैनिक उडान थालेको छ । यस्तै भैरहवाबाट पोखराको लागि दैनिक १ अतिरिक्त उडान थप गरेको छ ।
बुद्ध एयरले रात्रि उडानलाई थप सहज बनाउँदै विभिन्न गन्तव्यको भाडा दर बिहान, दिउँसोको दाँजोमा रात्रिको लागि घटाएको छ ।
पोखराको लागि पाँच सय, भद्रपुर तथा नेपालगन्जका लागि एक हजार तथा जनकपुरधामका लागि ८ सय भाडा दर घटाएको बुद्ध एयरले जनाएको छ ।
यस्तै काठमाडौं वा पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि भैरहवा आउजाउ गर्ने यात्रुलाई बुद्ध एयरले हरेक फेयरमा २५ केजी लगेज पनि छुट दिएको छ ।
मकालु खबर
२०८१ कार्तिक २७ गते
प्रतिक्रिया
सम्बन्धित