ज्योतीसंग सम्बन्ध कसरी बिग्रियो ? धनराजले खोले ‘रहस्य’

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवं संघीय सांसद धनराज गुरुङले श्रीमती ज्योती गुरुङसंगको सम्बन्ध विच्छेदबारे खुलाएका छन् । उनले मंगलबार साँझ एक प्रेस विज्ञप्ति जारी गर्दै श्रीमती संगको सम्बन्ध विच्छेदबारे खुलाएका हुन् ।

‘२०६६ सालसम्म हाम्रो सम्बन्ध राम्रो थियो । तर, त्यसपछिका दिनहरूमा हामीबीचको सम्बन्धमा विस्तारै तिक्तता बढ्दै गयो । उनको रहनसहन नै बदलिन थाल्यो । रातिसमेत समयमा घर नआउने डिस्को, क्लब र दोहोरी जाने गरेको जानकारी मैले पाएँ । आफूखुसी कहिले बैंकक त कहिले सिङ्गापुर जाने क्रम बढेपछि हाम्रो सम्बन्ध झनै बिग्रिदै गयो’,गुरुङले सामाजिक सञ्जाल फेसबुकमा ‘तीन पाना’को प्रेस विज्ञप्तिमा भनेका छन् ।

श्रीमती ज्याती गुरुङसंगको सम्बन्ध विच्छेदबारे उनले अगाडि भनेका छन्,‘मितेरी सहकारीको तीन करोड रुपैयाँका विषयमा श्रीमतीसंग बुझ्दा उल्टै अफिसको कुरा तपाईंलाई के चासो भन्ने जवाफ फर्काएपछि झगडा झनै चर्कियो । घरमा श्रीमान् श्रीमती भेटघाट भयो की झगडा हुन थाल्यो । यसै क्रममा एक दिन बेलुका झगडा सीमाहिन बन्न पुग्यो । त्यसपछि ज्याती गुरुङघर छाडेर माइत हिँडिन् । उनी माइत गएको एक महिनापछि ललितपुर जिल्ला अदालतबाट मलाई पूर्जी आयो । अदालतमा उपस्थित भएँ । मेरा विरुद्ध ज्योती गुरुङले सम्बन्ध विच्छेदको निवेदन दिएको त्यहाँ पुगेपछि जानकारी पाएँ । यो कुरा थाहा पाएपछि मैले बच्चाहरुको लागि भएपनि सम्बन्ध विच्छेद गर्नु हुँदैन भनेर अनुनय विनय गरेँ तर,ज्योती गुरुङले माननीय न्यायाधीसकै अगाडि तथानाम बोलिन् र कुनै पनि हालतमा सम्बन्ध विच्छेद गर्ने जिकिर गरेपछि हाम्रो २०७६ साल फागुन २९ गते सम्बन्ध विच्छेद हुन पुग्यो ।’

उनले मितेरी सहकारी संस्थाको रकम अपचलनमा आफु संलग्न नरहेको समेत बताए । सहकारी संस्थाको बचत रकम अपचलनमा आफु नजोडिएको भन्दै उनले यसअघि पनि स्पष्टीकरण दिएका थिए ।

विज्ञप्तिमा उनले श्रीमतीसंगको सम्बन्ध विच्छेद नक्कली भएको भन्दै गरिएको प्रचारबाजी गलत भएको समेत बताए ।

हेर्नुहोस् धनराज गुरुङद्धारा जारी प्रेस विज्ञप्ति

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *