आफैले चढेको स्कुल बसको ठक्करबाट विद्यार्थीको मृत्यु, आफन्तले विद्यालयभित्र लगाए आगो

काठमाडौं । कञ्चनपुरमा स्कुल बसको ठक्करबाट गम्भीर घाइते भएका बालकको मृत्यु भएको छ । शुक्लाफाँटा नगरपालिका–५ का ८ वर्षीय अनमोल कुँवरको बसको ठक्करबाट मृत्यु भएको हो ।

सोमबार उनी कृष्णपुर नगरपालिका–२ स्थित डायमण्ड इङगलिस बोर्डिङ स्कुलको ना ३ ख ८१४६ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते भएका थिए । विद्यार्थी उतारेर बस अघि बढ्दा सोही स्कुलमै अध्ययरत अनमोलको खुट्टामा गम्भीर चोट लागेको थियो ।

भारतको लखनौंस्थित ईभीए अस्पतालमा उपचारको क्रममा बालकको मंगलबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी चक्रराज जोशीले बताए ।

स्कुल बसको ठक्करबाट बालकको मृत्यु भएपछि आफन्त र स्थानीय आक्रोशित बनेका छन् । दोषीमाथि कारबाहीको माग गर्दै विद्यालयमा भेला भएका उनीहरुले आक्रोशित विद्यालयभित्रबाट फर्निचर निकालेर आगो लगाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *