इजरायलले लेबनानका कुनैपनि गाउँलाई नियन्त्रण गर्न असफल भएको हिजबुल्लाहको दाबी
काठमाडौं । हिजबुल्लाह मिडिया प्रमुख मोहम्मद अफिफले इजरायली सेना अझै पनि दक्षिणी लेबनानको कुनैपनि गाउँ कब्जा गर्न असमर्थ रहेको बताएका छन् । उनले ४५ दिनको रक्तपातपूर्ण लडाईंपछि इजरायली शत्रुले दक्षिणी लेबनानको एउटा गाउँ पनि कब्जा गर्न नसकेको बताएका हुन् ।
इजरायली सेनाहरु पछि नहटेसम्म आफूहरुले पनि आक्रमण जारी राख्ने बताए । अफिफले इजरायली अधिकारीहरूले हिजबुल्लाहको क्षेप्यास्त्र भण्डारको वास्तविक क्षमताको लगभग २० प्रतिशतमा गिरावट आएको आरोपलाई अस्वीकार गरे । आफूहरुसँग लडाईंका लागि पर्याप्त हतियार, उपकरणहरु रहेको बताए ।
लेबनानमा युद्धविरामको लागि कुटनीतिक प्रयासहरू अघि बढेको इजरायली भनाइको जवाफ दिँदै अफिफले समूहलाई कुनै आधिकारिक युद्धविराम प्रश्ताव नपुगेको बताए । अफिफले हिजबुल्लाह र लेबनानी राष्ट्रिय सेना बीचको बलियो सम्बन्धमा पनि जोड दिए । सेप्टेम्बर २३ देखि इजरायली सेनाले लेबनानमा हिजबुल्लाहसँगको द्वन्द्व बढ्दै गएपछि आफ्नो हवाई आक्रमणलाई तिब्र पारेको छ ।