सहकारी ठगीबारे रवि लामिछानेसँग लिखित बयान सुरु

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेसँग लिखित बयान सुरु भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा दोस्रो दिन उनको लिखित बयान सुरु गरिएको हो ।

हिजो प्रारम्भिक रूपमा उनलाई केही प्रश्न सोधिएको थियो । आज उनलाई लिखित रूपमा प्रश्न सोध्ने र उनको जवाफ माग्न लागिएको हो ।

लामिछानेको बयान आजै सक्ने तयारी गरिएको बताइएको छ । उनको बयानका लागि जिल्ला न्याधिवक्ता प्रेमराज पौडेल, बुटवलका डिएसपी विजय पण्डित र अनुसन्धान अधिकृत बसेका छन् ।

लामिछानेमाथि सुप्रिम सहकारी ठगी प्रकरण रुपन्देहीमा अनुसन्धान भइरहेको हो । सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणमा लामिछानेमाथि अनुसन्धान भइरहेको छ ।

२७ दिनदेखि प्रहरीको हिरासतमा रहेका लामिछानेलाई पोखराबाट बुद्ध एयरको विमान मार्फत हिजो भैरहवा लगिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *